दफा
समितिको गठन
(१) विमा व्यवसायलाई व्यवस्थित, नियमित, विकसित तथा नियन्त्रित गर्नको लागि विमा समितिको गठन गरिनेछ । (२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरु रहने छन्ः– (क) नेपाल सरकारले नियुक्त गरेको वा तोकेको व्यक्ति –अध्यक्ष (ख) प्रतिनिधि, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय –सदस्य (ग) प्रतिनिधि, अर्थ मन्त्रालय–सदस्य (घ) विमा व्यवसायमा विशेष ज्ञान भएका व्यक्तिहरु मध्येबाट  नेपाल सरकारले मनोनित गरेको एक जना व्यक्ति–सदस्य (ङ) बीमितहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको एकजना व्यक्ति – सदस्य (३) समितिले तोकेको कुनै कर्मचारीले समितिको सचिवको काम गर्नेछ । (४) नेपाल सरकारले आवश्यक ठानेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समितिको सदस्यहरु हेरफेर गर्न सक्नेछ । (५) समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञलाई पर्यवेक्षकको रुपमा समितिको बैठकमा उपस्थित हुन आमन्त्रित गर्न सक्नेछ । (६) समितिका मनोनित सदस्यहरुको पदावधि चार वर्षको हुनेछ । पदावधि समाप्त भएपछि निजहरु दुई पटकसम्म पुन मनोनित हुन सक्नेछन् । (७) समितिको प्रधान कार्यालय काठमाण्डौ उपत्यकामा रहनेछ ।